मंसिर ३, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ६४३१ जनामा गरिएको पिसिआर परिक्षणमा १४४२ जनामा कोरोना पुष्टि भएको हो |
योसंगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ | त्यस्तै पछिल्लो २४ घन्टामा ३५३८ जना कोरोना संक्रमण मुक्त भएका छन् | पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |
त्यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १२५९ पुगेको छ |