साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थि"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

महावीरलाई ५ कक्षाका विद्यार्थीको साथ

२०७३, १८ श्रावण मंगलवार ११:४०

साउन १८, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थित सूर्योदय पब्लिक स्कुलका कक्षा ५ का निशान घिमिरेले रु पाँच हजार सहयोग गरेका छन् । 

यहाँ आज आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना विद्यार्थीले सहयोग गरेको उक्त रकम पुनलाई हस्तान्तरण गर्नुभयो । यसअघि आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुग्नुभएका पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घोषणा गर्नुभएको थियो । 

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका पालादेखि चार सरकार प्रमुखलाई उहाँले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गर्नुभएको थियो तर प्रत्येक प्रधानमन्त्रीले उहाँलाई आश्वासन दिए पनि सहयोग दिएका छैनन् । 

म्याग्दी निवासी पुनले आफ्नो जिल्ला र छिमेकी जिल्ला पर्वतका गाउँ गाउँमा एकल प्रयासले ‘वायरलेस नेटवर्क प्रोजेक्ट’ सञ्चालन गरेर देश र समाजलाई सेवा पु¥याउँंदै आउनुभएको छ । विज्ञान प्रविधि केन्द्रका संस्थापक समेत रहनुभएका उहाँले स्थानीयस्तरमै अनुसन्धान केन्द्र खोलेर ग्रामीण क्षेत्रका जनतालाई सहयोग गर्दै आउनुभएको छ । गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकामा पुनले सन् २००७ मा ‘रामोन म्यागासेसे सम्मान’ पाइसक्नुभएको छ । 

अभियानकर्मी पुनले गाउँलाई प्रविधियुक्त बनाउने आफ्नो योजनाबारे जानकारी दिँदै सबैको सहयोगले मात्र आफू सफल हुने बताउनुभयो । छात्र घिमिरेले पुनको अभियानबाट प्रभावित भएर आफूले प्रतीकात्मक रुपमा मात्र सहयोग गरेको बताउँदै आफ्नो यो कार्यले सम्बन्धित निकायको ध्यानाकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण