२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण

२०७७, २१ माघ बुधबार १०:०५

माघ २१, काठमाडौँ । विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण भइरहेको छ । पुरातात्विक महत्वको आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिमचरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । 

भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको हो । आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ । भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिने छ । हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन् ।

निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए । विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्दतिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो । आश्रम स्थापनाका लागि पशुपतिनाथका तत्कालीन मूलभट्टले स्थान दिनुभएको आचार्य पौडेलले बताउनुभयो । कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करीब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिनुभएको जनाइएको छ ।

 त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो । भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो ।

 पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याउनुभएको हो । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ । नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ । 

स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि विसं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ । उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो