२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा देखिएको बर्डफ्लु नियन्त्रणमा

२०७७, २३ माघ शुक्रबार ०८:४८

माघ २३, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । यही माग १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण देखिएपछि थियो । 

उक्त स्थानमा सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपर पशुको नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताउनुहुन्छ । “हामीले उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आएका छौँ, सोही स्थानमा थप सङ्क्रमण देखिएको छैन”, उहाँले भन्नुभयो ।

रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको थियो । एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको थियो ।

पशु सेवा विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरेको थियो । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल नियमितरुपमा अनुगमन गर्ने, शङ्कास्पद नमूना परीक्षण गर्ने र अध्ययनलगायतका आवश्यक काम भइरहेको बताउनुहुन्छ । 

विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्नुपर्ने, फार्म परिसरमा नियमितरुपमा निःसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, पंक्षी फार्म वा अन्य पंक्षीपालन वा विक्रिस्थलमा अस्वाभाविक रुपमा पंक्षी विरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्नसमेत आग्रह गरेको छ । 

विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । विभिन्न सीमानाका हुँदै आयात हुने कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह