Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, मकवानपुर (रासस) । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ ।

नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

भण्डारीले प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार  ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका सङ्ख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र हस्तान्तरण २९८ रहेको प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले जनाएको छ ।