२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात जना घाइते

२०७७, २२ चैत्र आईतवार ०२:२६

चैत २२, गोरखा (रासस) । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका  ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उहाँहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का  १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना