चैत २३, भरतपुर (रासस) । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ ।

वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् ।

भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिनुभयो ।

प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।

यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।

April 5, 2021
काठमाडौँ - KTM, चितवन - CTW, समाज
वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध
By साझासवाल
2 मिनेट पढाइ