चैत २६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ४०७१ जनामा गरिएको पिसिआर परीक्षणमा २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ७९ हजार ३८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।