११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि लकडाउन हुन्छ ? सरकारका प्रवक्ताको भनाइ यस्तो

२७ चैत्र २०७७, शुक्रबार ११:२४

चैत २७, काठमाडौँ । पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिसकेको छ । मुलुकमा फेरि लकडाउनको चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले आवश्यक परामर्श र छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । शुक्रबार

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले आम नागरिको चाँसो र चिन्ताको विषय भएकाले कोरोनाबाट कसरी बच्ने भन्ने कुरामा सरकारले निर्णय गर्ने बताए ।

'आम नागरिको चाँसो र चिन्ताको विषय हो, कसरी जान्छ भन्ने कुरामा तपाई हामीले पनि अनुमान गर्ने कुरा हो, कसरी अब कोरोनाबाट बच्न सकिन्छ भन्ने कुरा र हामी राष्ट्रकै हितमा गर्ने हो।' उनले भने, 'हामी के भन्छौ भने, यस्ता महामारीबाट कसरी बच्न सकिछ, कसरी शुरक्षित रहन सकिछ,नेपाली जनताको जीवन शुरक्षा गर्न सकिन्छ भन्ने कुरामा सरकाले निर्णय लिन्छ ।'

सरकारले विभिन्न अध्ययन गरेर सबैको परामर्श लिएर,छलफल गरेर कोरोनाको संक्रमणलाई कसरी व्यवस्थापन गर्ने,कुन मापदण्ड बनाउने,विद्यालय संचालनमा के गर्ने बारे सरकारले सोचेर नीतिहरु बनाउने र त्यो अनुसारको कार्ययोजना बनाउने उनले बताए ।

'विभिन्न अध्ययन गरेर सबैको परामर्श लिएर,सबैसँग छलफल गरेर यसको संक्रमणलाई कसरी व्यवस्थापन गर्ने, कुन आचारसंहिता,कुन मापदण्ड बनाउने,विद्यालय संचालनमा के गर्ने, सभासम्मेलन के गर्ने, हाम्रा दैनिक जीवनमा चलिरहेका गतिविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोचेर नीतिहरु बनाउने छ ।' उनले  भने, 'त्यो अनुसारको कार्ययोजना बनाउने र त्यो कार्ययोजना नै बनेपछि निर्णयको आधिकारिक  जानकारी गराउने छौं,मन्त्रिपरिषद्को स्विकृत निर्णय छिट्टै आउने छ ।'

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले फेरि विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय छिमेकि मुलुकमा कोरोना संक्रमित बढ्न थालेपछि भारतले विभिन्न प्रान्तमा लकडाउन गर्न थालिसकेको छ ।

यसअघि बुधबार मन्त्रालयले रात्रीकालिन व्यापार तथा व्यवसाय राति ९ बजे पछि बन्द गर्न निर्देशन दिइसकेको छ । मन्त्रलायले कोरोनाभाइरसबाट बच्न भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक