११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृगैला पिडितको आर्थिक अभावले वीर अस्पतालको पेटीमा बास

३० चैत्र २०७७, सोमबार ०७:०६

दान बहादुर बुढा । चैत्र ३० गते । मृगौलाको उपचार गर्न काठमाडौको वीर अस्पताल पुगेका मुगुको छाँयानाथ रारा नगरपालिका-४ का एक दम्पति आर्थिक अभावले वीर अस्पतालको पेटिमा रात बिताउने गरेका छन ।


छाँयानाथ रारा नगरपालिका-४ कि ४४ बर्षिया मैनमति भण्डारी लामो समय देखि बिरामी भएकी थिईन । उनलाई पती बाँच बहादुर भण्डारीले बेला-बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानमा उपचार गर्न लिएका थिए । 

स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडौ रिफर गरेको थियो । दुई पटक उपचारका लागि काठमाडौ पुगेका भण्डारीको परिवार आर्थिक अभावले पत्निको उपचार गर्ने आशमा वीर अस्पताल काठमाडौँको पेटिमा छट्पटाइ रहेका छन  ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठा जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडो रिफर गरेपछी पत्निको उपचार गर्न  भण्डारीले गाँउको महिला समूहबाट १ लाख ऋण निकालेर मंसिरमा वीर अस्पतालमा जाँच गराएका थिए ।

अस्पतालमा डाक्टरले मैनमतिको मृगौलाको अप्रशेन गर्नुपर्ने बताए । 

उनले ऋण निकालेको एकलाख रुपैया मंसिरमै सकिएको बताए। फाल्गुन महिनामा वीर अस्पताल पुगेका मैनमतिको एक मृगौलाले काम गर्न छाडेको छ । अर्को मृगैलाले आधामात्र काम गर्ने र त्यसको पनी अप्रशेन गर्नुपर्ने भएपछि आर्थिक अभावका कारण होटलमा बस्ने खर्च नभई बिर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाईलबाट रुदै मैनामतिका पति बाँचबहादुरले दुखेसो पोखे। 

आँैषधी उपचार त कताहो कता बिहान र बेलुका पेट भनै गारो भएको उनले बताए । 'श्रीमतिको उपचारत धेरैपर भैसकेको छ । काठमाडौ जस्तो ठूलो शहरमा आफन्त कोही देखी छैनन्' उनले भने, 

'घरमा तिन जना साना छोराछोरी सहित बुढी आमा छन । कमाई गर्ने एक मात्र आफु भएकाले घरबाट पैसा जम्मा पारेर पठाउने कोही छैन ।  बेच्ने जग्गा जमिन समेत छैन । अर्काको ज्याल मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्न समेत आफुलाई अहिले सम्म धौ धौ पर्ने गरेको छ ।' 

होटलमा बस्ने खर्च समेत नहुदा बिरामिलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भईसकेको भण्डारीले बताए । पुन अप्रशेन गर्नकालागी अस्पताले पैसो जम्मा गर्न भनेको छ । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा लिने भनेको उनले बताए ।  

तर अप्रेशन गर्दा लाग्ने औषधी किन्ने समेत पैसमा समेत उनीसंग छैन । 

उनले गाँउघरमा सबैलाई गुहारी सकेका छन् । उता गाँउको महिला समुहबाट लिएको एकलाख ऋणको किस्ता महिना-महिनामा तिर्नुपर्ने शर्तमा कागज गरेका छन । उक्त किस्ता कसरी तिर्ने भनेर उनी चिन्तित छन् । 

'बेला-बेला भेट्न आउदा जहिलेपनी दुबैजना अस्पतालको पेटिम बसेका हुन्छन । सोमबार अप्रेशन गर्ने भनिएको रहेछ, अहिले सम्म उनले औषधी किन्ने पैसा जम्मा गर्न सकेका छैनन ।' उनलाई भेट्न पुगेकि भण्डारीको गाँउकी काठमाडौमा अध्यन गर्ने पद्मादेबि भामले बताईन । 

औषधी किन्ने समेत पैसा नहुँदा सोमबार पत्निको अप्रेशन नहुने होकि भनेर रुदै बिर अस्पतालको पेटीमा भण्डारीले कोही कसैले आफनो पत्निको ज्यान बचाउँनका लागि सहयोग गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ