चैत ३०, काठमाडौँ । नेपलमा पछिल्लो २४ घन्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित हाल सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८० हजार ५६ सय ५४ पुगेको छ । मन्त्रलायका अनुसार २४ घन्टामा १३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित हाल सम्म कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७४ हजार १ सय ६५ रहेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ रहेको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् भने मृत्यु डर पनि निकै बढेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ जना रहेको छ ।