११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

१ बैशाख २०७८, बुधबार ०४:३७

बैशाख १, काठमाण्डौ। पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो ।

दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थानमा फोहर व्यवस्थापन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षालगायतमा प्रत्यक्ष असर गरेको भन्दै त्यहाँका नागरिकले समयसमयमा फोहर विसर्जन कार्यमा अवरोध गर्दै आएका छन् ।

अध्यक्ष शाक्यले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङका स्थानीयवासीसँग भएको सहमतिका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजश्व प्रशासन, कोभिडका कारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी