११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

२ बैशाख २०७८, बिहीबार १३:१४

बैशाख २, काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ । 

“ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ः०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ”, अपिलमा भनिएको छ ।

उहाँले अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गर्नुभएको छ । अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । 

उहाँले सबैलाई सङ्क्रमणबाट जोगिन संवेदनशिल भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गर्नुभएको छ । अपिलमा सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो (फिवर) क्लिनिक सञ्चालन गर्न भनिएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले विदेशी नागरिकलाई पिसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गर्नुभएको छ । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गर्नुभएको छ । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी