१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मूलुक सहित मलेसियामा कोरोनाको अवस्था कस्तो छ ?

३ बैशाख २०७८, शुक्रबार ११:०७

वैशाख ३, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालको प्रमुख श्रम गन्तव्य खाडीका देशहरु र मलेसियमा समेत फैलिएको छ । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएका यी मुलुकहरुमा कतै कोरोनाको संक्रमण बढेको छ भने कतै स्थिर रहेको छ । 

हाल विश्वभरि कोरोना भाइरसका संक्रमित १३ करोड ९७ लाख २२ हजार ६ सय १८ पुगेका छन् । विश्वभरी कोरोनाका कारण ३ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । हाल सम्म संयुक्त अरब इमिरेट्समा ४ लाख ९१ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हाल सम्म युएइमा १ हजार ५ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । १४ हजार ८ सय ६६ सक्रिय संक्रमित रहेको सरकारी तथ्यांक छ । यस्तै नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तव्य मानिएको साउदी अरबमा हाल सम्म कोरोनाका संक्रमित ४ लाख २ हजार १ सय २२ पुगेका छन् । ६ हजार ७ सय ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

मलेसियामा ३ लाख ७० हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म कोरोनाका कारण १ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

नेपाली श्रमिकको रोजगारीको आकर्षक गन्तव्य मानिएको कतारमा पनि हाल सम्म १ लाख ९३ हजार ९ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । उक्त भाइरसका कारण हाल सम्म ३ सय ५७ जनाको मृत्यु भएको छ । २१ हजार ६ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

कुवेतमा कोरोनाका कारण हाल सम्म २ लाख ५३ हजार ६६ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमित १५ हजार २ सय ५४ रहेका छन् भने १ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । यस्तै ओमानमा कोरोनाका संक्रमित हाल सम्म १ लाख ७६ हजार ६ सय ६८ जना पुगेका छन् । १ हजार ८ सय २१ जनाको मृत्यु भएको छ भने १८ हजार सक्रिय संक्रमित रहेका छन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसका संक्रमित १ लाख १२ हजार ७ सय ८९ पुगेको छ । १ हजार ७ सय ९० जनाले ज्यान गुमाएका छन् भने ७ हजार ८ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भारतमा कोरोना भाइरसका संक्रमित १ करोड ४२ लाख ९१ हजार ९ सय १७ रहेको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन् । भारतमा हाल सम्म सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार ७ सय १६ रहको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी