वैशाख ३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार १ सय ५८ जनामा गरिएको पिसिआर परिक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ सय ८ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७८ हजार ८ सय १२ पुगेको छ ।
२४ घन्टामा उक्त भाइरसका कारण ४ जनाको मृत्यु भएसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयको तथ्यांक छ । ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् भने ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।