१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न २ जना पक्राउ

५ बैशाख २०७८, आईतवार १२:४६

 वैशाख ५, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी रहेका छन् । 

अनुमति नलिई काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैह्र-कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागंजबाट खटिएको प्रहरीले उनीहरुलाई चन्द्रागिरी नगरपालिका-२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको  छ । 

उनीहरु उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी