२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा उच्च अङ्कको गिरावट

२०७८, १२ बैशाख आईतवार १२:५८

वैशाख १२, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर रु सात अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख ५० हजार हाराहारीमा छ । 

कारोवार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४, सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोवार भयो ।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४, नबिल बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोवार भयो ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिदा महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडविल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए । त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, युनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण