२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट परीक्षण सहित आउनेलाई अनिवार्य क्वारेन्टिन, तर स्वदेसमा माक्सबिनै पनि हिड्न छुट

२०७८, १३ बैशाख सोमबार ०२:५३

वैशाख १३, काठमाडौँ । कोरोना कहरका बितेका दिनहरु फर्कने सम्भावना हुँदै गर्दा तयारी भने अझै फितलो छ । आइतबार विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस हुँदै गर्दा स्वदेसमा भने मास्क समेत नलगाई हिड्नेहरुलाई समेत कडाई नगरिएको गुनाशोहरु आईरहेका छन् । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । त्यसो त नेपाल अन्य देशबाट नेपाल हुँदै अरु देशमा जाने ट्रान्जिट उडान समेत रोक्न सिफारिस भएको अवस्था छ । त्यस्तै विदेशबाट स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ । 

लकडाउन गर्दा मात्र पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले सरकारलाई सिकाईसकेको भएपनि कोरोना संक्रमण भयावह अवस्थामा फैलिएका स्थानहरुमा कोरोना नियन्त्रण तथा संक्रमितहरुको उपचारको लागि सरकार मुकदर्शक भएको गुनाशोहरु आउन थालेको छ । उपत्यका बाहिरका कुरा छाडौं काठमाडौँकै अस्पतालहरुमा समेत भेन्टिलेटर र अक्सिजनको अभावको सृजना हुन थालिसकेका छन् । 

सीसीएमसीको आइतबारको निर्णय अनुसार सहरमा ५०० र पहाडमा २०० भन्दा बढी संक्रमित हुँदा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । नेपालमा पहिलेको तुलनामा कोरोना संक्रमितको दर अहिले बढ्दै गएको अवस्थामा सरकारको केन्द्रदेखि स्थानीय तहसम्म तयारीहरु फितलो देखिएका छन । संक्रमण बढ्दै जाँदा त्यसबिरुद्ध तत्काल योजना सहित संक्रमण नियन्त्रणको काम गर्नु पर्नेमा त्यस अनुसारको तयारी गरिएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण