2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सस्तियो हवाई भाडादर

वैशाख १८, झापा (रासस) । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ । “कोरोनाको सङ्क्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ”, खनालले भन्नुभयो, “काठमाडौँबाट आउनेहरुको भने चाप बढेको छ ।” काठमाडौँबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो ।

२०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै रु एक हजार ७८० मा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भन्नुभयो, “भद्रपुर–काठमाडौँ रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।”

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौँबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौँको भाडादर घटाएर रु एक हजार ६०० सम्म पु¥याउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने