चितवनमा कोरोना सङ्क्रमणबाट एकै दिन चार जनाको मृत्यु

Posted on: 03 May, 2021

 वैशाख २०, चितवन (रासस) । जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्काे एकजना कपिलवस्तुका रहेका छन् ।

 स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन् ।

 यस्तै ६४ जना बिरामी सघन उपचार कक्षमा छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचारारत छन् । यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन् । तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र सीएमएसमा १४ जना रहेका छन् ।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!