२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा भूकम्पका कारण थप दुईसहित छ जना घाइते, २०० घरमा क्षति

२०७८, ५ जेष्ठ बुधबार १५:४७

 जेठ ५, लमजुङ (रासस) । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका­६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका­ ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।  उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताउनुभयो । 

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।” मस्र्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर  मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उहाँले बताउनुभयो । 

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ । प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने जानकारी दिनुभयो । 

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् । चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा  ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ । 

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन