2026-09-12 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं १ को बजेट सार्वजनिक

विराटनगर, १ असार (रासस) प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभयो ।

सो बजेटमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु.३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन भएको छ । कुल विनियोजन मध्ये चालु तर्फ रु.१४ अर्व १६ करोड १५ लाख अर्थात ४३ दशमलव छ प्रतिशत, पूँजीगत तर्फ रु.१५ अर्व पाँच करोड ३५ लाख अर्थात ४६ दशमलव तीन प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु.तीन अर्व २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु.तीन करोड रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु.चार अर्व नौ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट रु.नौ अर्व ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु.आठ अर्व ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट रु.पाँच अर्व ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट रु.एक अर्व १६ करोड ७८ लाख र विशेष अनुदानबाट रु.५९ करोड ३३ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु.३० अर्व २० करोड ७९ लाख खर्च व्यहोरिने आयव्ययमा उल्लेख छ । त्यस्तै अपुग रकम नगद मौज्दातबाट रु.दुई अर्व तथा वैदेशिक अनुदानबाट रु.२६ करोड १३ लाख व्यहोरिने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाहङ(लिम्बू)ले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा जनाइएको छ ।

उहाँले चालु आर्थिक वर्षको वैशाख मशान्तसम्म प्रदेश सरकारको खर्च गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ११ प्रतिशत वृद्धि भएको छ भने रजस्व सङ्कलनमा ११दशमलल ६१ प्रतिशतले वृद्धि भएको जनाउनु भएको छ । प्रदेश भित्रका स्थानीय तहहरुको वैशाख मशान्तसम्म प्रदेशबाट वित्तीय हस्तान्तरण मार्फत भएको खर्च रु.एक अर्व ९३ करोड ६३ लाख बजेट वक्तव्यमा उल्लेख छ ।

चालु आर्थिक वर्षको कुल विनियोजित बजेट रु.४० अर्व ८९ करोड ९९ लाख ४७ हजार रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सङ्घीय सशर्त अनुदान मार्फत रु.एक अर्व ४० करोड ४८ लाख थप भइ रु.४२ अर्व ३० करोड ४८ लाख कायम भएको र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल विनियोजनको करिब ४० प्रतिशत खर्च भइसकेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६० प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल रु.२१ अर्व ६६ करोड प्राप्ति भएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा रु.२८ अर्व ५० करोड प्राप्त हुने संशोधित अनुमान बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धि दर तीन दशमलव छ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको भने समग्र स्वास्थ्य क्षेत्रका लागि रु.तीन अर्व २५ करोड बजेट विनियोजन भएको छ । यस्तै, शिक्षामा रु.एक अर्व १९ करोड, महिला बालबालिक, ज्येष्ठ नागरिक तथा समावेशीकरणमा रु.२१ करोड २७ लाख, युवा खेलकूद, श्रम तथा रोजगारका क्षेत्रमा रु.१६ करोड, भूमि व्यवस्था, कृषि तथा सहकारीका लागि रु.दुई अर्व ९० करोड, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थपनमा रु.१८ करोड तथा संस्कृति, पर्यटन तथा जैविक विविधताको क्षेत्रमा रु.८३ करोड ३८ लाख  विनियोजन भएको छ ।

त्यस्तै वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि रु.एक अर्व ३६ करोड, भौतिक पूर्वाधार तथा यातायातका लागि रु.१३ अर्व २१ करोड, आवास तथा शहरी विकासमा रु.५५ करोड, उर्जा तथा सिँचाईका लागि रु. तीन अर्व १५ करोड, खानेपानी तथा सरसफाईका क्षेत्रमा रु.एक अर्व ८२ करोड, सुरक्षा, कानून, सञ्चार तथा विपद् व्यवस्थापनमा, अर्थ योजना, तथ्याङ्क र विकास, सुशासन, क्षमता विकास र सेवाको प्रभावकारितमा पनि  बजेटको व्यवस्था भएको जनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री आङबुहाङले आर्थिक वर्ष २०७८÷७९ को राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयक सदनमा टेबुल गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असार ७ गते दिउँसो १ बजे बस्ने सभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह