२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा रातभर खोलामा फसेका सात जनाको उद्धार

२०७८, २ असार बुधबार १६:०१

असार २, लमजुङ (रासस) । लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो । 

उद्धार गरिएकाहरुमा  लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र  अर्जुन परियार रहेका छन् । मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर  रातभर खोलाको बीचमै रोकिएका थिए ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भन्नुभयो, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार ग¥यौँ ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गर्नभएको छ । 

एक सरकारी कार्यालय, पानी उद्योग बगायो

मस्र्याङ्दी नदीमा आएको बाढीले आज लमजुङ मस्र्याङ्दी गाउँपालिका—८ भुलभुलेमा रहेको एक सरकारी कार्यालय, पानी उद्योग, एक रेष्टुरेण्ट बगाएको छ । आइतबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले सव—डिभिजन वन कार्यालय, लेकबेँसी पानी उद्योग र हामखोला रेष्टुरेन्ट एण्ड लज बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार ती कार्यालय, उद्योग तथा रेष्टुरेण्टमा रहेका कागजात, विभिन्न सामग्री, तथा मेशिन बगाएको छ । 

त्यस्तै, जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको आयोजनामा दोर्दी खोलाको बाढीले विभिन्न सामग्री बगाउनुका साथै विभिन्न मेशिन पुरेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । 

आयोजनाको विद्युत् गृहमा बाढी छिरेर सिरुङभित्र रहेको सिमेन्टहरु, त्यहाँ रहेका विभिन्न मेशिन तथा सामग्रीहरु पुरेको छ भने सानो हेडबक्समा समेत केही क्षति पुगेको आयोजनाले जनाएको छ । प्रमु खोला र दोर्दी खोलाको बीचमा रहेको सो हेडबक्समा काम गर्ने कामदारहरु दिउँसो खाना खानका लागि क्याम्पमा आएकाले मानवीय क्षति हुन पाएन । 

पुल तथा बाटो नहुँदा त्यस साइटमा काम गर्ने २०० जना कामदार त्यही रोकिएको र उनीहरु सुरक्षितका साथ त्यहाँ रहेका ३÷४ वटा क्याम्पमा बसिरहेका छन् । आयोजनाको प्रमुख क्याम्पमा समेत आउने जाने बाटो भत्किएकाले त्यहाँ रहेका साढे दुई सय जना सोही स्थानमै रोकिरहेको आयोजनाले जनाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस आयोजनाको सबै काम ठप्प भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी