२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा पहिरामा परी दुई जनाको मृत्यु

२०७८, ३ असार बिहीबार १४:५७

असार ३, डोटी (रासस)  । लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए ।

 दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो