चितवनमा दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

Posted on: 04 Jul, 2021

असार २०, चितवन (रासस) । भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेल रहेकी छिन् ।

घाइतेमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ निवासी ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटका ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उहाँहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना दिउँसो २ः५५ बजे भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!