२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीयवासीसँगको झडपमा आठ प्रहरी घाइते, कफ्र्यु जारी

२२ असार २०७८, मंगलवार १५:४८

 असार २२, चितवन (रासस) । सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।

 प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।

 भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जनाइएको छ ।

 राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।

 यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच आज साँझ झडप हुँदा आठ प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिनुभएको जानकारी अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित चार जना र नेपाल प्रहरीका चार जना घाइते भएका छन् ।  घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ ।

 असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । उनको शव आज नै परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले