२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमितले भरिए भरतपुर अस्पताल

१७ श्रावण २०७८, आईतवार ०४:१७

साउन १७, चितवन | भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ । तीमध्ये अहिले १०४ शय्या सङ्क्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ सङ्क्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उहाँले बताउनुभयो । पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् ।  अस्पतालमा २५ शय्या क्षमताको सघन उपचारकक्ष छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताउनुभयो । उहाँले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या भरिएको छ । अरु सङ्क्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।”

अस्पतालमा रहेका शय्या सङ्क्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल शुरु भएको उहाँको भनाइ छ । सङ्क्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्यो ।” सङ्क्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उहाँले बताउनुभयो । 

अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेशनमा, आठ सार्वजनिक आइसोलेशनमा र १२२ जना अस्पतालमा उपचाररत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड