साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण "/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारपाक सडक डेढ महिनादेखि अवरुद्ध

साउन ३२, गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 

सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण सामग्री ढुवानी नहुँदा अनुदान रकम बुझेकाले पनि घर बनाउन सुरु गरेका छैनन् । बारपाकी सडक मर्मतको पर्खाइमा छन् । 

सदरमुकामदेखि बालुवाबजारसम्म सवारी आवागमन हुँदै आएको छ । बालुवादेखि बारपाक, लाप्राक हुँदै गुम्दा सडक अवरुद्ध भएको हो । “सडकमा ठूलो पहिरो झरेको छ”, सो खण्डको रेखदेख गर्न खटिएका सडक योजना कार्यालयका कर्मचारी राजेन्द्र गुरुङले भन्नुभयो, “पहिरोसँगै ठूला रूख ढलेका छन् ।” राङरुङ खोलामा पुल नहुँदा समस्या भएको छ । मान्द्रेभन्दा तलको उकालो बाटोमा धेरै ठाउँमा पहिरो झरेको उहाँको भनाइ छ । 

सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीका अनुसार पानी पर्न कम भएपछि अवरुद्ध बारपाक सडक खुलाउने तयारी छ । राङरुङदेखि मान्द्रेसम्मको खण्डमा पहिरोका कारण गाडी नचल्ने भएपछि गोरखाबाट बारपाकका लागि छुटेका बस बालुवा बजारमा रोकिन्छन् । 

बारपाकसम्म सवारीसाधन नचल्दा भूकम्पको केन्द्रबिन्दु बारपाकलगायत धेरै क्षति भएका गाविस लाप्राक, गुम्दा, उहियासम्म निर्माणका सामग्री तथा अत्यावश्यक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । 

बारपाक–१ का लालबहादुर गुरुङका अनुसार बर्खाका बेला बर्सेनि सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि सदरमुकामस्थित अस्पताल पु¥याउन सकिँदैन । गाउँमा बिरामी बोक्न सक्ने युवा छैनन् । हेलिकोप्टर चार्टर गर्नसक्ने गाउँलेको आर्थिक क्षमता पनि छैन । अवरुद्ध बाटो छिटो खुलाएर बारपाक सडक कालोपत्र गर्नुपर्ने उहाँको भनाइ छ । 

बारपाकलगायत जिल्लाभरका ३२ ग्रामीण सडक डेढ महिनादेखि अवरुद्ध हुँदा त्यस रुटमा चल्दै आएका यात्रुवाहक बस ग्यारेजमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो