चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते

साझासवाल
1 Min Read

न्युज कारखाना | असोज २, चितवन | पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो ।

लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए । हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply