2026-10-03 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अनुगमनको क्रममा दुई फार्मेसी सिल, दुईको कागज जफत

असोज २१, उदयपुर | औषधि व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनको क्रममा कटारी बजारका दुईवटा फार्मेसीमा सिल गरेको छ भने दुईवटाको कागजपत्र जफत गरेको छ ।

अर्काको लाइसेन्स भाडामा लिएर फार्मेसी खोल्ने र मृत्यु भइसकेका मानिसको नामको लाइसेन्समा औषधि पसल गरेका तथा म्याद गुज्रिएका औषधि बिक्री गर्ने पसल सिल गरेको हो । 

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएपछि कटारीका दुईवटा फार्मेसी सिल गरिएको र दुईवटाको कागज जफत गरिएको विभागले जनाएको छ ।

विभागको टोलीले अनुगमनको क्रममा कटारी बजारका देव मेडिको र पूर्ण दुर्गा मेडिकल हल सिल गरिए जानकारी दिएको छ । बारा मेडिकल हल र साझा पोलिक्लिनिकको कागजात जफत गरिएको बताइएको छ । देव मेडिकोबाट म्याद गुज्रेको भिटाजिक्स दुई बट्टा, कोडेसोफ्ट इपो पाँच बट्टा र दुई बोतल स्यानिटाइजर जफतसहित पसल सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ । त्यसैगरी बारा मेडिकलमा भिटाजिक्स दुई बट्टासहित पसलको कागजपत्र जफत गरेको छ ।

एक दर्जनभन्दा बढी पसल अनुगमन गर्ने क्रममा एउटा पसलमा मृत्यु भएका व्यक्तिको नाममा पनि फार्मेसीको लाइसेन्स भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । औषधिको बिक्री वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधि पसलमा बस्नुपर्ने व्यवस्था औषधि व्यवस्था विभागले गरेको भए पनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने