2026-08-29 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

कुलप्रसाद काफ्ले | कात्तिक २६, चितवन | भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् ।

आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् । 

भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । 

पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने