एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

Posted on: 13 Nov, 2021

कात्तिक २७, पोखरा | दसौं महाधिवेसनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ ।

शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो ।

खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए । जिल्ला तहबाट प्रतिनिधि छनोट भने शनिबारसम्म टुंगो लगाउँदै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!