पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटर"/>
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटर"/>
भदौ ३, नवलपरासी । नवलपरासी प्रसौनीको अरुणखोलानजिक महेन्द्र लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको नवलपरासी प्रहरीले जनाएको ।
मोटरसाइकल चालक र त्यसमा पछाडि सवार भएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको पहिचान हुनसकेको छैन । कारचालक ईलाका प्रहरी कार्यालय नयाँ बेलहानी पुगेर घटनाको बारेमा जानकारी दिएको प्रहरीले जनाएको छ ।