तास खेलिरहेको अवस्थामा पक्राउ

Posted on: 07 Dec, 2021

मंसिर २१, काठमाडौँ | गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उक्त घरमा हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!