ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लग"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

५ भाद्र २०७३, आईतवार १२:१०

ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि सुरु भएको छ । 

यस वर्ष गौरा पर्व पर्सि मगंलबार ७ गते पञ्चमीका दिन पर्ने भएकाले गौराको अवसरमा खेलिने देउडाको रौनक छाइसकेको छ । सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला संगै तराईका कैलाली र कञ्चनपुर जिल्ला गौराको रौनकमा रमाइरहेको छ । 

गौरा पर्वको बिसर्जन नभएसम्म गौरा घर र मन्दिर परिसरमा महिला–पुरुष छुट्टा–छुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, धुमारी लगायतका खेल खेलेर रमाइलो गर्ने चलन छ । 

यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गति विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्गय गर्ने चलन पनि यहाँ विद्यमान छ ।

गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा बिरुडा अर्थात पाँचथरिका गेडागुडी भिजाएर राख्छन । गौरा र शिवको पूजामा अक्षताका रुपमा प्रयोग हुने बिरुडा भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । 

प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रुपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । 

गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्दछन । पूजाको कार्यक्रमपछि बिरुडालाई सबैले प्रसादका रुपमा ग्रहण गर्दछन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…