२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघे सङ्क्रान्ति मेला: देवघाट स्नानका लागि यातायात बन्द गरिने

२०७८, ९ पुष शुक्रबार ०२:५७

पुस ९, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ । 

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे सङ्क्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्दछन् । स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ । देवघाटको झोलुङ्गे पुल जीर्ण भइसकेकाले सो पुलमा पुस ३० गतेदेखि नै सवारीसाधनलाई निषेध गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । 

देवघाटको बेणी सङ्गममा स्नान गर्न चितवन, तनहुँ र नवलपुरबाट जान मिल्ने भए पनि चितवनबाट बाटो सहज हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गरिने घिमिरेको भनाइ छ । त्रिशूली तथा कालिगण्डकी नदी तरेर सङ्गम स्थल पुग्नका लागि प्रति व्यक्ति रु ३० भन्दा बढी पैसा लिन नपाउने गरी क्षेत्र विकास समितिले शुल्क तोकेको घिमिरेले जानकारी दिनुभयो । देवघाटमा माघे सङ्क्रान्ति स्नानका लागि पुस मसान्तदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । 

गत वर्ष कोरोना कहरका कारण देवघाटमा स्नान गर्न प्रतिबन्ध गरिएकामा यस वर्ष भने देवघाट स्नानलाई व्यवस्थित पारिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार देवघाट स्नानका लागि बेणी सङ्गम तथा चितवन र नवलपुरको किनारमा क्षेत्र निर्धारण गरिएको छ । स्नानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिने भन्दै अन्य सुरक्षाका लागि तीन वटै जिल्लामा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचान हुने अधिकारीले बताउनुभयो ।

मेलालाई व्यवस्थित गर्न २० वटा उपसमिति गठन गरिएको छ । स्वयंसेवक सेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन तथा सरसफाइ, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार, बिजुली बत्ती, डुङ्गा व्यवस्थापनलगायत उपसमिति गठन गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण