२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तला किसानलाई क्यारेड वितरण, भण्डारणमा सजिलो हुने दाबी

२२ पुष २०७८, बिहीबार ०४:५०

पुस २२, काठमाडौँ | केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । 

वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालाबन राम्रो सुन्ताल उत्पादन हने क्षेत्र हो, सडक सुविधा नहुँदा किसानका सुन्तला बजारसम्म डोकोमा लैजाँदा बिग्रिने र नोक्सान हुने समस्या भएपछि हामीले घरैमा सुन्तला जोख्नका लागि तराजु र सुन्तला राख्न क्यारेड दिएका छौँ, अब सुन्तला बिग्रिँदैन ।” कृषि ज्ञान केन्द्रले दिएका तराजु र क्यारेड पाएपछि अहिले यहाँका किसान खुसी भएका सुन्तला किसान रामसिंह धामीले बताउनुभयो । बलाबन गाउँपालिकाभरिकै सुन्तला पकेट क्षेत्रका रुपमा चिनिने गरेको छ । यस क्षेत्रमा कम्तीमा पनि ५०० देखि ६०० सम्म सुन्तलाका बोट रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने