भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । <"/>
2026-08-29 08:21 PM
काठमाडौँ - KTM

चितवनमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू

भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । 

पूर्व–पश्चिम राजमार्गमापर्ने चितवन, मकवानपुर हुँदै पथलैयासम्मका लागि टाइमकार्ड व्यवस्था लागू गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । 

चितवनदेखि पथलैयासम्मको ९४ किलोमिटरका लागि प्रहरीले एकसय २७ मिनेट समय तोकेको छ । उहाँका अनुसार तोकिएको भन्दा कम समयमा सो क्षेत्रमा पुग्ने सवारीलाई कारबाही गर्ने गरी कार्ड लागू गरिएको हो । सवारी दुर्घटनाको कारणमध्ये तीव्रगतिमा चलाउनु मुख्य रहेको पाइएकाले टाइमकार्ड लागू गरिएको हो । 

भेटवालका अनुसार चितवनदेखि मकवानपुरको मनहरी ४० किलोमिटर क्षेत्रको दुरीका लागि ५१ मिनेट तोकिएको छ । यस्तै मनहरी हेटाँैडा २६ किलोमिटर दुरीका लागि ३५ मिनेट सयम तोकिएको छ । 

यस्तै हेटाँडादेखि पथलैया २८ किलोमिटरका लागि ४१ मिनेट समय ताकिएको छ । उक्त समय हेर्न प्रहरीले चितवनको गोन्द्राङ, मकवानपुरको मनहरी र रातमाटे तथा पथलैयामा कार्ड परीक्षण गर्ने व्यवस्था गरेको प्रहरीले जनाएको छ । चितवन जिल्लाभित्रको राजमार्गमा गोन्द्रादेखि लोथरसम्मको लागि पनि टाइमकार्ड तोकिएको छ । 

गोन्द्राङ खैरहनी १२ किलोमिटरलाई १५ मिनेट, खैरहनी भण्डारा ८ किलोलोमिटरलाई १० मिनेट, भण्डारा लोथर– ९ किलोमिटरलाई ११ मिनेट तोकिएको छ । 

यस्तै लोथरदेखि मकवानपुर मनहरी ११ किलोमिटरका लागि १५ मिनेट समय तोकिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन भएर दैनिक सात हजार बढी सवारी हिँड्ने गरेको प्रहरीले जनाएको छ । यता चितवनको भरतपुरदेखि काठमाडाँै जाने बाटो दारेचोकसम्मको रुटमा भने समय तोकिएको छैन । नारायणगढ– मुग्लिन सडक निर्माणाधिन रहेकाले सम्भव नरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने