२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका ७५ प्रतिशत गोही भारतमा

४ माघ २०७८, मंगलवार ०५:५६

माघ ४, काठमाडौँ | नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो। वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो।

निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ। उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले भने, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ।”

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो। गोहीको यो यात्रा अचम्मको थियो।

लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउन्छन्। “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उनले भने। ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए।

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ। तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन। यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन।

विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो। नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ। गोरखापत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…