२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी वायुको प्रभाव, देशभर हिउँदे वर्षाको सम्भावना

५ माघ २०७८, बुधबार ०५:०५

माघ ५, काठमाडौँ | देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ।

‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने देखिन्छ र समग्रमा यो मध्यम खालको हुनेछ’, उनले भनिन्। महाशाखाले मंगलबार प्रकाशन गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्मको मात्र भविष्यवाणी गरेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हामीकहाँ यो प्रणालीको प्रभाव आउदा कहिलकाहीं थोरै दक्षिणतिर अथवा उत्तरतिर सर्ने हुँदा पूर्वानुमान ठ्याक्कै नमिल्न सक्छ। तर मौसम पूर्वानुमानका अमेरिकी तथा युरोपेली दुवै मोडलले बिहीबारदेखि देशभर मौसम बदली हुने प्रष्ट देखाएका छन,’ उनले भने । उनी यो वर्षालाई ‘माघे झरी’ भन्न सकिने तर्क गर्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…