माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एकल महिलाद्वारा जग्गादान

५ माघ २०७८, बुधबार ११:१८

माघ ५, कर्णाली | तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको छ । अहिले उहाँ साहराविहीन अवस्थामा हुनुहुन्छ । 

रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे । अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो । 

नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भयो । एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गर्नुभयो । “सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उहाँले भन्नुभयो, “पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ । एक्लो भएर होला, समाजले पनि निकै अपमान खेपिरहेकी छु । आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन ।” 

अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उहाँले उहाँले पीडा पोख्नुभयो । “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाए”, उहाँले भन्नुभयो, “अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन् । उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ ।”

श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उहाँले बताउनुभयो । जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रुपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन । उहाँले भन्नुभयो, “जग्गा चार वर्षअघि दिए, पास अहिले भयो । अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि ?”

गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरुमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उहाँले जनाउनुभयो । तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उहाँले बताउनुभयो । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताउनुभयो । “आफँै साहराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,” अध्यक्ष न्यौपानेले भन्नुभयो, “गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ ।” 

उक्त गाउँपालिकाका स्वास्थ्य सयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताउनुभयो । संयोजक चौलागाईंले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाउनुभयो । 

उहाँका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उहाँको संरक्षण गर्ने मान्छे कोही छैनन् । अहिले रोकाया तातोपानी गाउँपालिका–५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बस्नुभएको छ । रोकायले भन्नुभयो, “मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो । तर त्यो मेरो धोको पूरा भएन । त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु ।” 

‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिनुभयो । उहाँलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो । सौभाग्यवशः उहाँ बाँच्न सफल हुनुभयो । अहिले भने आँखा देख्न नसक्ने रोगले उहाँ ग्रसित हुनुहुन्छ । आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आउनुभएको छ । साहाराविहीन उहाँलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयवासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाउनुभएको छ ।

सुर्खेत पुगेकी रोकायले रासससँग कुरा गर्दै भन्नुभयो, “अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन । एक महिनाअघि मात्र पास गर्ने काम भयो । मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ । जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै