२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

६ माघ २०७८, बिहीबार ०३:३२

माघ ६, काठमाडौँ | मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका संशोधन गरेसँगै अब सबै श्रमिकले दैनिक कम्तीमा ५ सय ७७ रूपैयाँ ज्याला पाउनेछन्। यसअघि दैनिक ज्याला ५ सय १७ रूपैयाँ तोकिएको थियो।

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै सरकारले बेरोजगारलाई दिँदै आएको पारिश्रमिक पनि वृद्धि हुने श्रम मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए।

सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको थियो। अघिल्लो वर्षसम्म न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रूपैयाँ थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो।

बेरोजगार युवालाई वार्षिक कम्तीमा पनि सय दिनको रोजगारी दिने गरी योजना सुरु गरिएको थियो। त्यसयता हरेक वर्ष उक्त कार्यक्रमको बजेट वृद्धि हुँदै आएको छ। तर अधिकांश रकम कार्यकर्तालाई झारा टार्ने काममा रकम वितरण गरेर सत्तारुढ दलका कार्यकर्तालाई पोस्ने गरेको आरोप लाग्दै आएको छ।

विज्ञहरूले यसरी जथाभावी रकम वितरण गर्नुभन्दा उत्पादनमूलक काममा लगाउन सल्लाह दिँदै आए पनि सरकारमा रहनेहरूले त्यस्तो सुझावलाई बेवास्ता गर्दै आएका छन्। नागरिक दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…