२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार वर्षीय छोरासहित महिला बेपत्ता

६ माघ २०७८, बिहीबार ०४:४१

माघ ६, काठमाडौँ | गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाइ छ । 

“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भन्नुभयो, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।” आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…