२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

८ माघ २०७८, शनिबार ०१:२३

माघ ८, काठमाडौँ | दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ ।

चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ । उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ । विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ । तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।

तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन । अर्कोतर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।

सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् । चीनबाट कतिपय सामानमा नेपाल निर्भर हुँदै गएको अवस्था छ । यसमा चीनले नाकाबन्दी गरेर दोहोरो लाभ लिइरहेको छ ।

अमेरिका र चीनको टकरावका कारण राजनीतिक दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य