भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

९ भाद्र २०७३, बिहीबार ०९:३२

भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ । 

अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री/नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो – “मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको छ । नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।” 

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले प्रसूति गृहले दिइरहेको सेवालाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो – “हामीले पुरानै शैलीमा सेवा दिएर हुँदैन । अब नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्छ । सेवा दिने र सेवा लिने पनि हामी नै हाँै भन्ने भावनाबाट प्रेरित भई सेवा दिनुपर्ने बेला आइसकेको छ ।” 

नेपालका लागि भारतीय राजदूतावासका प्रतिनिधि ज्ञानवीर सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भारत सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले प्रसूति गृहको स्थापनाकालदेखि नै भारत सरकारको सहयोग रहिआएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा सबै खालका सहयोग जारी रहने बताउनुभयो । 

अस्पाताल विकास समितिका अध्यक्ष डा नन्दप्रसाद शर्माले पर्याप्त शै्यया नहुँदा बिरामीको चाप धान्न गाह्रो परिरहेको उल्लेख गर्दै अस्पतालमा ४१५ शै्यया पर्याप्त नहुँदा बिरामीको चाप धान्न र स्तरीय सेवा दिन चुनौती थपिएको छ भन्नुभयो । 

आव २०७२/७३मा बहिरङ्ग सेवामा प्रसूति सेवामा ५२ हजार ८१४ र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु