६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेन्सन लिन मृत्यु भएको व्यक्तिलाई ह्विल चेयरमा राखेर कार्यालय

११ माघ २०७८, मंगलवार १२:०५

माघ ११, काठमाडौँ | पैसाका लागि मानिसले के–के सम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डको एक कार्यालयको घटनाले उदाङ्गो पारिदिएको छ । यहाँका एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेको भन्दै पेस गरेका छन् । यो घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन् ।

यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले आफन्तको पेन्सन माग्छन् । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने जवाफ दिन्छन् ।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब पाँच सय मिटरको दूरीमा पुग्छन् जहाँ ६६ वर्षका एक व्यक्तिलाई दुई जनाले ह्विलचेयरमा राखेका थिए । ती ह्विलचेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन् । उनका खुट्टा भुईमा लत्रिएको र अनुहार ढाएिको थियो ।

ह्विल चेयरसम्म पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै पेन्सन माग्छन् । आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विलचेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन् ।

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन् । कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृयघात भएको’ भन्दै शव त्यही छोडेर भाग्छन् । शब लिएर आएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मरिसकेको बताएका थिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान सुरु गरेको छ । उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आईसकेपछि मृत्यु भएको दाबी गरेका छन् ।

डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने