माघ १२, काठमाडौँ | नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यसै वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाअनुसार नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।