भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १० जनाको सनाखत

१० भाद्र २०७३, शुक्रबार १०:१९

भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । 

घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो । 

सनाखत भएकामा रौतहट जिल्लाका आठ जना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् । 

सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ । 

पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र चालक दलका तीन जना सवार रहेको प्रहरीले जनाएको छ । नदीमा अझै चार जना बेपत्ता भएको अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको छ । 

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् । 

त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित