भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर"/>
२०८२, ९ फाल्गुन शनिबार
काठमाडौँ - KTM

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १० जनाको सनाखत

२०७३, १० भाद्र शुक्रबार १०:१९

भदौ १०, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । 

घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो । 

सनाखत भएकामा रौतहट जिल्लाका आठ जना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् । 

सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ । 

पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र चालक दलका तीन जना सवार रहेको प्रहरीले जनाएको छ । नदीमा अझै चार जना बेपत्ता भएको अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको छ । 

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् । 

त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो