2026-10-02 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

ईलामको सुकिलुम्बामा तारा एयरले फागुन ११ देखि नियमित उडान भर्ने

फागुन ४, काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार र बिहीबार काठमाडौँबाट उडान भर्न लागेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान भर्न लागिएको जानकारी दिनुभयो । विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान भरेको थियो । फागुन ११ देखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान भर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । काठमाडौँबाट इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ ।

यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रु नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्नुहुँदै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

 इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने