भदौ ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व मुलुकको सुन्दर सांस्कृतिक धरोहर हो: राष्ट्रपति

११ भाद्र २०७३, शनिबार १२:१३


भदौ ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहर भएको बताएकी छन् । 

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयद्वारा आज आयोजना गरिएको तीज तथा जितीया पर्व विशेष सांस्कृतिक कार्यक्रममा उहाँले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको बताइन । 

राष्ट्रपति भण्डारीलेभनिन–“नेपालका चाडपर्व सुन्दर सांस्कृतिक धरोहर हुन्, जसले नेपालीबीचका एकतामा सुदृढ बगैँचाका रुपमा ल्याएको सफल भएको छ ।” उनले चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुभाष छाइरहेको छ र आगामी दिनमा पनि छाइरहनेमा आफू पूर्ण विश्वस्त रहेको बताईन । 


राष्ट्रपति भण्डारीले देशमा मनाइने चाडपर्वले मुलुकको संस्कृति, कला वेशभूषा र कला संस्कृतिलाई समृद्ध बनाएको उल्लेख गर्दै उनले थपिन – “नेपाली उर्भर माटोमा फलेका फुलेका सबै चाडपर्वमा आफ्नै मौलिकता तथा विशेषताहरु छन्, बदलिँदो परिवेशमा सबै प्रेरणादायी बन्न सकुन् ।” 

उनले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गरको भन्दै संविधानले मार्गदर्शन गरेका सामाजिक आर्थिक रुपान्तरणमार्फत समतामूलक, न्यायपूर्ण, सुखी, सम्पन्न र शान्त नेपाली समाज स्थापना गर्नेमा सबै पक्ष कटिबद्ध हुन आग्रह गरिन् । 


राष्ट्रपति भण्डारीले विगतको समीक्षा गर्दै कमीकमीजोरी हटाउँदै असल र महान् कार्यका लागि यी चाडपर्वले हौसला प्रदान गरुन् भन्ने कामनासमेत गरिन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु, कलाकारहरुको उपस्थित रहेको थियो । 

सो अवसरमा नेपाल सांस्कृतिक संस्थान, नेपाल निजामती कर्मचारी सङ्घ, सैनिक श्रीमती सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धित विशेष सांस्कृतिक गीत तथा नृत्य प्रस्तुतगरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का